वैदेशिक रोजगारको बाध्यात्मक अवस्था अन्त्य गर्न आन्तरिक रोजगारको प्रवर्द्धन गर्न जरुरी : श्रममन्त्री

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवर्धन गर्न जरुरी रहेको बताएका छन् ।

मन्त्रालयमा मङ्गलवार वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरी बसेका उद्यमी, व्यवसायीहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको आर्थिक गतिविधिको आधार मान्दै आएको पनि बताए । उनले वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवर्धन गर्नेकुरालाई ध्यान दिएर आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशकका रुपमा मनाउने निर्णय गरिएको बताए ।

रोजगारको आवश्यकताअनुसारको सीपको व्यवस्था गर्न निजी क्षेत्रलाई समेत समेटेर सरकार अघि बढेको बताए ।

मन्त्री भण्डारीले भने ‘नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको आर्थिक गतिविधिको वा अर्थतन्त्रको आधार मान्दै वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवर्धन गर्नुपर्छ भन्नेकुरालाई मध्यनजर गरेर आन्तरिक रोजगारीको निम्ति आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशकका रुपमा मनाउने निर्णय गरेका छौँ । रोजगारको आवश्यकताअनुसारको सीपको व्यवस्था गर्न निजी क्षेत्रलाई हामीले सहकार्य गरेर रोजगारीका सम्भावनाहरू खोजी गरिरहेका छौँ ।’

मन्त्री भण्डारीले विदेशबाट फर्किएका नागरिकको सीप र पुँजीलाई प्रयोग गरेर देशलाई समृद्ध बनाउनेतर्फ सरकार अघि बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =