नेपाल स्वास्थ्य विज्ञानको सुरुवात भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको सुरुवातको भूमि भएको बताएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताए । उनले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताए ।

पुराना विधि र पद्धतिहरूको उपयोग गर्न पनि आवश्यक रहेको बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘यो स्वास्थ्य विज्ञानको सुरुवातको भूमि हो । स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो । हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन । हाम्रा कतिपय पुराना मेथोडलोजीहरु, पुराना विधि, प्रविधिहरू उपयोगी हुनसक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामीले आर्थिक रुपमा कसरी सबल बनाउने, त्यसको भौतिक पूर्वाधारको कमी नहोस्,दक्ष जनशक्ति कसरी पूरा गर्ने ? यी सबै कुरा छन् । ’

प्रधानमन्त्री ओलीले बिरामीको संख्या न्यून गर्नेतिर सरकारको ध्यान गइरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =