नेपाली कलाकारिता नयाँ पुस्तालाई सिकाउन जरुरी छ : मन्त्री पाण्डे
२०८२ जेठ ६ गते

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको इतिहास गौरव गर्न लायकको रहेको बताएका छन् ।
मंगलवार वसन्तपुरमा अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले ढुंगा, काठ, थांका चित्रहरु नेपालको परिचय भएको बताए ।
मन्त्री पाण्डेले नेपालीहरु पौरखीमात्रै नभएको भन्दै नेपालीहरु वीर र सिद्धहस्त पनि रहेको बताए । नेपालीहरु कलाकारिताको क्षेत्रमा पनि उत्कृष्ट रहेको मन्त्री पाण्डेको दाबी छ ।
कलाबाट नै नेपालको इतिहास गौरव गर्न लायकको थियो भन्नेकुरा पुष्टि हुने बताए ।
नेपालको कला र संस्कृतिको प्रचार गर्नसके वर्षेनी लाखौँ पर्यटकहरु नेपाल भित्र्याउन सकिने बताए ।
मन्त्री पाण्डेले नेपाली कलाकारिताको कुरा नयाँ पुस्तालाई सिकाउनुपर्नेमा जोड दिए ।
२०८२ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








