सबै गैरआवासीय नेपालीको साझा सोच, ‘नेपालको समृद्धि छिट्टै होस्’ : नेता सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गैरआवासीय नेपालीलाई नेपालसँग थप मजबुत सम्बन्ध विकास गर्न आवश्यक कानुन निर्माणका लागि सुझाव माग गरेका छन् ।

नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गैरआवसीय नेपालीसँग सुझाव माग गरेका हुन् ।

उनले गैरआवसीय नेपालीको सुझाव अनुसार नेपालसँग जोड्न सजिलो हुनेगरी कानुन निर्माण गर्न सहयोग गर्ने बताए । उनले नयाँ संविधान गैरआवासीय नेपालीको चिन्ता र चासो समेटिएको बताए । थप सहजताका लागि सरकारले संसदमार्फत गैरआवासीय नेपालीको सम्बोधन गर्न आवश्यक काम गरिरहेको उनको भनाइ छ ।

उनले भने ‘चाहे खाडी मुलुकमा गएर मजदुरी गर्ने मानिसहरु हुन् चाहे अस्ट्रेलियातिर गएर ठुलो व्यापार गर्नेहरू हुन् चाहे जापान, अमेरिका, युरोपतिर पुगेका साथीहरू हुन् एउटा कम सोच छ त्यो हो नेपाल राम्रो बनोस्, सफल बनोस्, नेपालले छिट्टै समृद्धि प्राप्त गर्न सफल होस् भन्ने सोच छ । त्यसका बाहिर जाने सबै साथीहरूलाई जोड्नु पर्छ भन्ने विचार संविधान निर्माण गर्ने बेलामा संविधान सभामा उठेको थियो । त्यसैले एनआरएनले त्यसबेला दिएको कन्सर्नलाई हामीले संविधानमा सम्बोधन गर्ने प्रयास गर्यौँ । अहिले त्योसँग जोडिएका कानुन ल्याएर पनि अझै राम्रोसँग जोड्ने प्रयास सरकारले संसदले गरिरहेको छ । यी समग्र विषयमा तपाईँहरूले बुँदागत रुपमा सुझाव दिनुभयो भने हामी त्यसलाई अगाडि बढाउने प्रयास गर्नेछौँ ।’

नेता सिटौलाले नेपालबाट जुनसुकै देशमा पुगेका नेपाली भएपनि नेपालको समृद्धि होस् भन्ने सबैको साझा सोच रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =