नेपाल र भारतबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली कभर्ड हल जाने
२०८१ साउन २३ गते

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न जाने भएका छन् । उपाधिका लागि नेपालले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा दिउँसो सवा ४ बजे भारतसँग खेल्दैछ ।
नेपालले सेमिफाइनलमा इरानलाई हराउँदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो । लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।
२०८१ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








