राप्रपाको आन्दोलनमा प्रहरी र कार्यकर्ताबीच झडप (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँमा राप्रपाले गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी बीच झडप भएको छ ।

संवैधानिक राजतन्त्र पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा जुलुस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको हो । प्रहरीले प्रदर्शनकारीहरूलाई पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *