सर्वनाममा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’को मञ्चन (तस्बिरहरु)

काठमाडौँ । साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ को कलिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन सुरु भएको छ । सर्वनाम थिएटरका १९ औं ब्याचका प्रशिक्षार्थीहरूले तयार पारेको नाटक आइतबारदेखि मञ्चन सुरु भएको हो ।

महिला हिंसाका विषयमा केन्द्रित रहेको नाटकका पात्रहरूले हरेक कालखण्डका हिंसक प्रवृत्तिलाई प्रश्न गरेको छन् । अन्यायको छातीमा टेकेर न्यायले हुङ्ङ्कार गर्न जरुरी रहेकाले, नाटकको माध्यमबाट उक्त हुङ्ङ्कार को निमित्त आह्वान गर्न खोजिएको छ ।

रसिक राज र शीतल थोकरको निर्देशन रहेको नाटकमा रसिक राज, शीतल थोकर, सुरज पराजुली, आकाश झा, बिल बहादुर वि।क, वाई.एस. पौडेल, सरस्वती दाहाल, सुरज अधिकारी, आरुष जंग सारु मगर, शू-गूँ, विध्यक तिलक, एलिसा तामाङ, युनिसा खनाल, जीवन राज भट्ट, विवेक भुसालको अभिनय रहेको छ ।

एलिसा तामाङको कोरियोग्राफी, मनोज भण्डारी, सुरज शीतल र रसिकको गीत रहेको नाटकमा सङ्गीत भनेन शान्सिक् प्रोडक्सनको रहेको छ । गीतमा निर्मला घिसीङ्गले आवाज दिएकी छिन् । नाटक यही १५ गतेसम्म बिहीबार बाहेक हरेक दिन साँझ ५ बजे र शनिबार भने दिउँसो १ बजे पनि अतिरिक्त शो मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *