तस्बिरमा ‘ब्युँझिएको सिरानी’

काठमाडौँ । बत्तिसपुतलीमा अवस्थित शिल्पी नाटकघरको गोठाले थिएटरमा शुक्रबारदेखि नाटक ‘ब्युँझिएको सिरानी’को मञ्चन सुरु भएको छ । निर्देशक जेडी तमूको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ब्युँझिएको सिरानी यसअघि मण्डला थिएटरमा गत असोज १६ गतेदेखि २८ गतेसम्म मञ्चन भएको थियो ।

मानसिक स्वास्थ्यको विषयमाथि तयार पारिएको नाटकमा कार्यक्षेत्र र परिवारमा भोग्नु पर्ने मानसिक समस्या र त्यसको समाधानलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

अनिल सुब्बाको कला निर्देशन र झुमा लिम्बुको संगीत संयोजन रहेको नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा लगायतको अभिनय रहेको छ ।

मंसिर ३० गतेसम्म नियमित मञ्चन हुने यस नाटक हरेक दिन सोमबार बाहेक हरेक साँझ ५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *