नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुँदै

नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ ।

देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनकराज पन्तले बताए ।

उनी भन्छन्, ‘यो ४-५ वर्षको प्रयासमा कोसिस गरेर यो कार्यक्रम हुन गइरहेको छ । यसको पत्रकार सम्मेलन गर्न गइरहेका छौँ । यो कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु । सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन उहाँले जुन कोसिस गर्नु भयो । यो पहिलो कार्यक्रम हो । यसले त्यहाँको भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरूलाई सो कार्यक्रममा सहभागी गराइनेछ । कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रूपमा चयन गरिएको छ । कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने पनि देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *