म पहिलो पटक प्रधानमन्त्री भएका बेला नेपाललाई लोडसेडिङ मुक्त गराए : केपी ओली (भिडिओ)

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन् ।

ओलीले खशी, बोकालगायतका वस्तुहरू चोरी पैठारी गर्दा पनिसरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठन नसकेको समेत बताए । राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमवार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष ओलीले विद्युत् मुलुकका लागि पर्याप्त नभए पनि सरकारले पुगेजसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभूत रूपमा लोडसेडिङ मुक्त गराएको दाबी समेत गरे ।

ओली भन्छन्, ‘खसी, बोका ट्रकका ट्रक आउँछ । यो कुनै मुख्य भन्सारबाट होइन । मुख्य बाटोबाट होइन । अरू बाटोबाट आएको आएकै छ । मुख्य बाटोबाट पनि आउँछ । किनभने देउरालीमा पाती राख्नुपर्छ । देउरालीमा पाती चढाउने, ट्रक पास । किन राजश्व उठ्दैन ? त्यतापट्टी म अहिले जान चाहन्न । सच्याउनुपर्ने थुप्रै कुरा छ । धेरै कुराहरू सच्याउनु पर्नेछ । मैले आफ्नो समयमा सच्याउन खोजेको थिए । ऊर्जाको क्षेत्रमा मैले प्रधानमन्त्री हुने बित्तिकै २०७२ साल असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएको थिए । कार्तिक १५ गते शपथ लिएका थिए । दसैँको समय पारेर मैले झापामा बोलेका थिए–आउँदो तिहार आधारभूत रूपमा बत्ती निभाइने छैन । तपाईँहरूले उज्यालो तिहार मनाउन पाउनुहुन्छ । आधारभूत लोडसेडिङ अन्त्य गर्ने केही तरिका मसँग छ । एक्सपर्टसँग अरू परामर्श गर्छु । र, हामी कमसेकम आगामी वर्षको तिहार उज्यालो रूपमा मनाउँछौँ । र, मैले त्यहाँबाट आएपछि ऊर्जा सचिवसँग छलफल गरेँ । २० वर्ष लोडसेडिङ अन्त्य हुने केही सम्भावना छैन भने । र, प्रधानमन्त्रीज्युले पनि यसरी बोलिदिनु हुँदैन भनियो । मैले भने–यो आधारभूत रूपमा भनेको छु मैले । २० वर्षमा पनि लोडसेडिङ अन्त्य हुँदैन भने म प्रधानमन्त्री किन चाहियो, तपाई ऊर्जा सचिव किन चाहियो ? तनाखा खान चाहियो । २० वर्षमा त उलटफेर गर्न सकिन्छ नि । अहिले उद्योगहरूले विद्युत् पाएको छैन । के भन्छ भने सवस्टेशनहरु छैन । त्यस कारण विद्युत् सप्लाई गर्न सकिएन । कहाँ विराटनगरका उद्योगहरू, वीरगञ्जका उद्योगहरू भैरहवाका उद्योगहरू, अरू ठाउँका उद्योगहरू । उनीहरूले अहिले पनि विद्युत् मागी राखेका छन् । ६ मेघावाट, अरू पनि । अहिले पनि सिमेन्ट उद्योगहरूले मागी राखेका छन् । हामीलाई पुग्दो विद्युत् उत्पादन भएको छैन । पुग्दो विद्युत् उत्पादन भए पनि अर्को उपभोग गर्ने तरिका पनि सिकाएका छैनौँ ।’

अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *