रास्वपाको उपसभापतिमा सोबिता गौतम निर्वाचित, तोसिमा कार्की पराजित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् ।

शुक्रबार पदाधिकारी चयनका लागि भएको निर्वाचनमा गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।

पदाधिकारी निर्वाचनमा कुल १ हजार २८९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यसअघि केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खसेको थियो । तर, केही प्रतिनिधि पदाधिकारी निर्वाचनअघि नै मतदान नगरी फर्किएपछि पदाधिकारीतर्फ मतदान गर्ने प्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटेको हो ।

केन्द्रीय सदस्य निर्वाचनको तुलनामा पदाधिकारी निर्वाचनमा १ हजार ६७० कम प्रतिनिधिले मतदान गरेका थिए ।

गत ७ असारदेखि सुरु भएको रास्वपाको महाधिवेशन पदाधिकारी चयनको प्रक्रिया सम्पन्न भएसँगै समापन हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =