१८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य नबनाउन कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ।

आज एक अपिल जारी गर्दै उपसमितिका संयोजक उमंग लोहनीले बालबालिकाको बालापन, शिक्षा र अधिकारको संरक्षण गर्न सबै राजनीतिक दल, पार्टीका कार्यसमिति तथा शुभेच्छुकलाई आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसले डिजिटल प्रणालीमार्फत सुरु गरेको नयाँ क्रियाशील सदस्यता अभियानमा इच्छुक नेपाली नागरिकले असार २० गतेसम्म पार्टीको आधिकारिक पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्ने जानकारी समेत दिएको छ।

कांग्रेसको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध नेपाली नागरिकले १८ वर्ष पूरा गरेपछि मात्र क्रियाशील सदस्य बन्न पाउने व्यवस्था रहेको उल्लेख गरिएको छ।

साथै पार्टीका कार्यसमितिहरु र शुभेच्छुकहरुलाई बालबालिकाको अधिकारको संरक्षणमा ध्यान दिन पनि कांग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =