आइतबार ओली, प्रचण्ड र माधव एउटै मञ्चमा देखिने

काठमाडौं । लामो समयपछि प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिने भएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुन लागेको विचार गोष्ठीमा सत्तापक्ष र विपक्षका शीर्ष नेताहरू एकैसाथ उपस्थित हुने भएका हुन् ।

मदन भण्डारी फाउन्डेसनले असार १४ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने भएकी छन् ।

वक्ताका रूपमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने छन् ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने उक्त कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

लामो समयपछि एउटै कार्यक्रममामा देशका प्रमुख कम्युनिस्ट नेताहरूको उपस्थिति हुने भएकाले यसलाई राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =