इन्धनको मूल्य नघटाइएको भन्दै नेकपा सांसदद्वारा सरकारको आलोचना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उल्लेख्य रूपमा घटिरहेको भएपनि विभिन्न बहाना बनाएर नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद रिजालले यस्तो आलोचना गरेका हुन् । उनले इन्धनको मूल्य बढ्दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तुलगायत सबै क्षेत्रमा महँगी चुलिएको बताए ।

बढ्दो महँगीका कारण आम नागरिकको दैनिक जीवन कष्टकर बनेको उनको भनाइ छ । उनले इन्धन महँगिँदा निर्माण सामग्रीको लागत बढेको, पूर्वाधार निर्माणको जिम्मा लिएका सयौँ व्यवसायी समस्यामा परेको तथा हजारौँ श्रमिकले रोजगारी गुमाउनुपरेको भन्दै तत्काल इन्धनको मूल्य घटाइ नागरिकलाई सहज रुपमका जीवन यापन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले इन्धनको मूल्य बढेसँगै सबै क्षेत्रमा महँगी चुलिएको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =