रास्वपा महामन्त्रीको दाबीबाट पछि हटे शिशिर खनाल

काठमाडौं । परराष्ट्र मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य शिशिर खनाल महामन्त्री पदको दाबीबाट पछि हटेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू पार्टी एकता, संस्थागत सुदृढीकरण तथा नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै महामन्त्रीको दाबीबाट पछि हटेको जनाएका हुन् ।

उनले लेखेका छन्, ‘पहिलो ऐतिहासिक महाधिवेशन बाट प्राप्त उपलब्धिको संस्थागत विकास ‌र पार्टीलाई थप सशक्त बनाउन मैले‌ दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु । यस निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउनेछ भन्ने अपेक्षा लिएको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =