एमालेसँग तत्कालै एकता हुन्छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै एकताको तयारी भएको बताएका छन् ।

विराटनगरमा शुक्रबार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपासमेतसँग कुरा भइरहेको बताए ।

महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उनले बताए । ‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ,’ उनले भने । अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए ।

एमालेभित्र नेतृत्व परिवर्तनको आवाज बलियो बन्दै गएको वर्तमान अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई अघि सारेर प्रचण्ड र माधव नेपालसँग एकताको प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =