हरि ढकाल, निशा डाँगी र असिम शाह रास्वपाको सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न पदाधिकारी निर्वाचनबाट ढकाल, डाँगी र शाह सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् ।

महिला सहमहामन्त्रीमा निशा डाँगीले ७ सय ३७ मत प्राप्त गरिन् ।

पुरुषतर्फ रमेश प्रसाईँ, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हिमेश पन्त पराजित भए ।

महिलातर्फ भने जुली यादव, जमुना शर्मा, कामिनी चौधरी र रिमा विश्वकर्मा पराजित भइन् ।

निर्वाचन समितिले मतगणना सम्पन्न भएपछि उनीहरूको विजय घोषणा गरेको हो । रास्वपाको पदाधिकारी चयन प्रक्रिया सम्पन्न भएसँगै महाधिवेशन समापनतर्फ अघि बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 12 =