हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन् : दीपकराज गिरी

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन् ।

शेयर बाँडफाँट, शेयर सङ्ख्यालगायत विषयमा निर्माताकोतर्फबाट सुनिने असन्तुष्टि आफूले कम गर्न प्रयास गर्ने अभिनेता गिरीले बताए । उनी भन्छन्, “हामी निर्माताले चलचित्र भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर होस्, ५०-५० प्रतिशत होस्, हाम्रो चलचित्र भवनबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन् ।” यो नियम नेपाली चलचित्रको हकमा लागू गरिने गिरीको भनाइ थियो ।

वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनको पहिलो दुई सातासम्म ५०-५० प्रतिशत शेयर र त्यसपछि ३५ प्रतिशत निर्माता र ६५ प्रतिशत प्रदर्शकले पाउने गरेका छन् । यो रकममा लाग्ने विभिन्न खर्च कटाएर मात्र निर्माताले पैसा पाउने गरेका उनले जनाउँदै केही प्रदर्शकले ५० प्रतिशत नै दिने गरेको जानकारी दिए ।

“चलचित्रको व्यापार कम भएमा त्यसमा सम्झौताअनुसारको काँटछाँट हुँदैन । केही चलचित्र भवनले ५० प्रतिशत नै शेयर उपलब्ध गराउँदै आइरहेका छन्”,श्रेष्ठले भने, “नयाँ प्रदर्शकमार्फत हुने घोषणाले निर्मातालाई उत्साहित नै बनाउँछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *