नाउपाले विश्वासको मत नदिए ढल्नेछ एमाले नेतृत्वको सुदूरपश्चिम सरकार

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिँदै छन् । उनले दिउँसो १ बजे आह्वान गरिएको प्रदेशसभा विश्वासको मत लिने तय भएको हो ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिने आज अन्तिम दिन हो । रावल गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए । हिजो उनले विश्वासको मत नपाउने देखिएपछि अन्य दलसँग छलफलका लागि बैठक सारिएको थियो ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखेपछि हिजो ११ र १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरेपछि रावल नेतृत्वको सरकार सङ्कटमा परेको छ ।

सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाइ नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरे पछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुँदै आएको छ । बन्दीहरूको रिहाइ, झुटा मुद्दा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाई छ ।

नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन् । नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार ढल्नेछ भने प्रदेश संसद् सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारबाही अघि बढाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *