एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन – रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका छन्। बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक लेखकले अहिलेको सत्ता समीकरण भत्काएर अर्को बनाउयन हतार नगरेको दाबी गरे।

“राजनीतिमा निरन्तर संवाद हुन्छ, पहिलो दल भएकाले अरू दलसँग निरन्तर संवाद हुन्छ, स्वभाविक हो,” उनले भने, “तर अहिले नै एमालेसँग मिलेर सरकार बनाउन ठोस संवाद गरेका छैनौं।”

आमजनताको धारणा भने कांग्रेस एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने रहेको लेखकले बताए।

“त्यो कांग्रेस र एमालेभित्र पनि छ तर, सरकार बनाउने तहमा एमालेसँग संवाद कांग्रेसको भएको छैन,” उनले भने ।

कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। सरकारले बजेट अधिवेसन बोलाइसकेको छ। तर कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानविन हुनु पर्ने माग राख्दै निरन्तर संसुद अवरोध गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *