नेपाली समाज धेरै बदलिएको छैन, बदल्नुपर्नेछ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताएका छन् ।

बुधवार काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताए । उनले राजनीतिक कार्यकर्ताहरूले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए । उनले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भुमिका खेलेको बताए । उनले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताए ।

उनले भने ‘हामीले सन्तोष मान्नु हुँदैन । किन मान्नु हुँदैन भने समाज आफैँ बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन । १० वर्षमा हुन्छ भनेर छोड्यौँ भने त हामी जस्तो राजनीतिक कार्यकर्ता किन चाहियो । यसको गति बढाउने काम हाम्रो हो । यसमा केकी अधिकारीको चलचित्रले ठूलो भुमिका खेल्छ । यति धेरै महिलाहरूले सेक्सुहल ह्यारिसमेण्ट आफ्नो जीवनमा व्यहोर्नुपरेको छ । आफ्ना नातागोताहरूबाट । यसलाई बाहिर बताउन सकेका छैनौँ । नेपाली समाज धेरै बदलिएको छैन, बदल्नुपर्नेछ । यो फिल्मले आधार दिएको छ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले चलचित्रलाई देशभित्र र बाहिर पनि दर्शकले उच्च साथ दिएको बताइन् । चलचित्रले समाजमा रहेको विकृति र विसङ्गतिको बारेमा आवाज उठाएको बताइन् ।

उनले चलचित्र बोक्सीको घरलाई चलचित्रमा मात्रै सीमित नगरी चलचित्रले उठाएका आवाजका बारेमा बहस हुन जरुरी रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *