इरानी राष्ट्रपति इब्राहिम बोकेको हेलिकप्टर सम्पर्कविहीन

इरानी राष्ट्रपति इब्राहिम रैसी बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

अमेरिकी समाचार संस्था एपीलाई साभार गरेर सीटीभी न्युजले दिएको जानकारीअनुसार देशको अजरबैजानसँग जोडिएको पूर्वी सिमानाको पूर्वी अजरबैजान प्रान्तमा जाने क्रममा हेलिकप्टर सम्पर्क बाहिर गएको हो ।

खराब मौसमको कारणले यस्तो भएको बताइएको छ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेबसँग मिलेर दुई देशले बनाएको विशाल ड्यामको उद्घाटन गर्न रैसी त्यता गएको बताइएको छ।

मौसमको कारण हो वा इजरायलसँगको तनावको कारण हेलिकप्टर सम्पर्कबाहिर गएको हो, अहिलेसम्म ठोस रुपमा दुवै पक्षबाट खुलाइएको छैन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *