ट्राफिक जवान घिमिरेको हत्या आशंकामा पाँचजना पक्राउ
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ जेठ ६ गते
![ट्राफिक जवान घिमिरेको हत्या आशंकामा पाँचजना पक्राउ](https://www.makalukhabar.com/wp-content/uploads/2024/05/Yub.jpg)
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो ।
अहिलेसम्मको अनुसन्धानबाट पत्ता लागेका कुरा आज पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी भइरहेको परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए । उनकाअनुसार मध्यान्न १२ बजे परिसरको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित