विधायन व्यवस्थापन समिति

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० पारित

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।

बुधवार सिंहदरबार स्थित समितिको सभाहलमा बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । समिति सभापति जयन्तीदेवी राईले लामो समय समितिमा छलफल पश्चात् सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको बताइन् । उनले सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित भएको र चाँडै राष्ट्रिय सभामा पेश हुने बताइन् ।

उनले भनिन् ‘ समितिमा लामो समय छलफल गरी सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको छ । यो ऐन सरकारले ल्याए पनि कार्यान्वयन भएको थिएन । कर्जा दिने र लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरूलाई सहज होस् भनेर कारोबार सुरक्षित विधेयक कार्यान्वयनको लागि पास गरेका छौं ।’

उक्त विधेयक दुवै सदनबाट पास भएपछि कर्जा दिने र कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरूलाई सहज हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *