राजनारायण पाठक र लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजायको फैसला

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको सजाय हुने भएको भएको छ ।

विषेश अदालतले पाठक र न्यौपानेलाई उक्त कैद सजायको फैसला गरेको हो । नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धनबारेका विवादमा पाठकले न्यौपानेसँग ७८ लाख रुपैयाँ मागेको भिडियो सार्वजनिक भएपछि त्यसैका आधारमा विशेष अदालनमा मुद्दा चलेको थियो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठक र न्यौपाने दुवैलाई ३ वर्षको कै द र ३९ लाख जरिवाना हुने फैसला गरेको हो ।

अख्तियारको दुरुपयोगबारे अनुसन्धान गर्नुपर्ने निकायकै आयुक्त भएर घुस लिएकोले पाठकलाई थप ३ महिना बढी कैद हुने फैसला भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *