न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर

जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । उनी सर्वोच्च अदालतको आदेशले थुनामा छन्।

श्रीमतीलाई सम्बन्ध विच्छेदपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो । सजाय निर्धारण भने अर्को पेशीमा हुनेछ।

पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अंगसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको, पीडित र प्रतिवादीबिच यसभन्दा पहिले पनि वैवाहिक जबरजस्ती करणी र सम्बन्ध विच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको भन्दै सर्वोच्चले थुनामा पठाएको थियो ।

सम्बन्ध विच्छेद र वैवाहिक जबरजस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने जस्ता गतिविधि हुने गरेको पीडितको बयान थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *