प्रधानमन्त्री देउवाले बर्खास्त गरे जसपाका चार मन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिमण्डलका ४ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । देउवाले जनता समाजवादी पार्टी(जसपा)बाट मन्त्री रहेका ४ जनालाई बर्खास्त गरेका हुन् ।

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रतिपक्षी दल नेकपा एमालेसँग चुनाबी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले जसपाका ती मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका हुन् ।

जसपाले असोज २२ गते प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरे पनि मन्त्रीहरुले भने राजीनामा दिएका थिएनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बर्खास्त भएका मन्त्रीहरुले सम्हालेको चारै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्महाल्ने गरी जिम्मेवादी तोकेकी छन् ।

यस्ताे छ राष्ट्रपति कार्यालयका विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =