तस्वीरमा शिवताण्डव

काठमाडौँ । ताण्डव नृत्य भगवान् शिव द्वारा प्रस्तुत गरिने एक अलौकिक नृत्य हो । ताण्डवको संस्कृतमा धेरै अर्थ छन् ।

यसको मुख्य अर्थ धेरै नाच्नु, हिंसात्मक कार्य गर्नु, स्वतन्त्र रूपमा हस्तक्षेप गर्नु आदि हो । ताण्डव, पूर्वीय सङ्गीतमा १४ प्रमुख तालहरू मध्य वीरताल र वीभत्स रसको संयोजनबाट ताण्डवी लयमा बनेको सङ्गीत हो ।

हिन्दु धर्मका शास्त्रहरूमा उल्लेख भएअनुसार भगवान् शिवलाई मुख्यतया ताण्डव स्वरूपको प्रवर्तकको रूपमा वर्णन गरिएको छ । तर अन्य पुराण र काव्य ग्रन्थहरूमा दुर्गा, गणेश, भैरव, श्रीराम आदि भगवान्को नाचसँग पनि ताण्डवलाई जोडेको पाइन्छ ।

लङ्काका राजा रावणले भगवान् शिवलाई खुसी बनाउन रचेको शिव ताण्डव स्तोत्र बाहेक, राम ताण्डव स्तोत्र, दुर्गा ताण्डव (महिषासुर मर्दिनी सङ्कट स्तोत्र), गणेश ताण्डव, भैरव ताण्डव र आदि शङ्कराचार्यले लेखेका राघवेन्द्रचरितताण्डव पनि रहेका छन् ।

हिन्दु शास्त्रहरूमा रावणको घरमा पूजापाठ सकिएपछि शिवजीले, महिषासुर मारेपछि दुर्गा माताले, गजमुखलाई युद्धमा हराएपछि गणेशले, ब्रह्माको पाँचौँ शिर छेडेपछि आदि भैरवले र रावणको वध पछी श्री रामचन्द्रले समेत ताण्डव गरेका थिए भन्ने उल्लेख रहेको पाइन्छ ।

“तस्वीरमा गोकर्णेश्वर गङ्गा आरतीमा ताण्डव नृत्य प्रस्तुत गर्दै कलाकार”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *