नेपालसँग भिड्नुअघि टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज क्रिकेट टिम (तस्बिरहरु)

नेपालसँग भिड्नुअघि वेस्ट इन्डिज क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ। विश्वकपको तयारीका लागि नेपालसँग खेल्न वेष्ट इन्डिजको टिम ए दुई दिनअघि काठमाडौं आएको थियो।

वेस्ट इन्डिज ए टिमले पहिलो पटक नेपाल भ्रमण गरेको हो।

भ्रमणका क्रममा वेस्ट इन्डिज ए ले नेपालमा ५ खेलको टी–२० सिरिज खेल्ने तालिका रहेको छ । नेपाल आएको टोलीमा अनुभवि खेलाडी सामेल छन्। जसले विश्वकप खेल्नेछन्।

टिममा फेबियन एलेन, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर र हेडेन वाल्श जस्ता अनुभवी खेलाडी रहेका छन् । टिमको कप्तानी रोभमन पावेलले गर्दै छन् ।

नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ अर्थात् भोली शनिबारबाट हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

टियू मैदानमा वेस्ट इन्डिजको अभ्यासका तस्बिरहरु :–

सबै तस्बिरहरु नेपाल क्रिकेट संघ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *