आहुतिको गीत ‘आऊ सँगसँगै’ सार्वजनिक

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुतिको ‘फूलहरू आऊ सँगसँगै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

शनिवार राती ८ बजे थाहा यात्रा युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । आहुतिको रचना तथा संगीत रहेको सो गीतमा खेमलाल विश्वकर्मा, मोहन मगर, पुष्कर सुनुवार, विमला परियार, अनुमा चौधरी र समृद्धि परियारको स्वर रहेको छ ।

मेलोडी नेपाल स्टुडियोले उत्पादन गरेको उक्त गीतको एरेन्ज/मिक्स/मास्टर पुष्कर सुनुवारले गरेका हुन् ।

समाजमा रहेका असमानता र विभेदहरू एक्लै होइन ‘सँगसँगै’ मिलेर हटाउनुपर्नेमा गीतले जोड दिएको छ । अन्याय, अत्याचार र बेथितिका विरुद्ध सबै एकजुट भएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने गीतको भाव रहेको छ ।

सारा बाधा अड्चनहरू भत्काएर गरिखाने श्रमजीवी वर्गले आफ्नो दुःखको आँसु र सुखको हाँसो दुबैलाई ज्वालामुखी झैँ बनाउनु पर्ने अनि मात्र टाढाको समाजवादी लक्ष्य भेट्न सकिने भन्दै एक्लै यी कुराहरू हटाउन नसकिने भएकाले सँगसँगै अघि बढ्नुपर्ने सन्देश यस गीतमार्फत आहुतिले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *