ओलीलाई गगन थापाको जवाफ, ‘गन्थनको जवाफ दिइरहन आवश्यक छैन’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन्।

आज शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन्। महामन्त्री थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौंको गन्थन प्रस्तुत भइसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ। मैले साथीहरूलाई भनेँ, प्रश्नको उत्तर हुन्छ। विचारमा टिप्पणी हुन्छ। प्रतिक्रियामा सहमति-असहमति व्यक्त हुनसक्छ। तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन।’

उनले थपेका छन्, ‘कुण्ठामा केवल सहानुभूति हुन्छ। त्यसैले, यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने? मैले भनेँ, यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ। पलेटी कसेर बोले पनि हुन्छ। एक खुट्टामा टेकेर बोले पनि हुन्छ। अहिले हामीले सुनिदिनुपर्छ।’

कहाँ बोल्ने ? कहिले बोल्ने ? भन्ने कुरा बोल्ने स्वयंले हेक्का राख्नुपर्ने विषय भएको महामन्त्री थापाले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *