परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने -निर्वाचन आयोग
२०७९ वैशाख २८ गते

काठमाडौँ । स्थानीय तह निर्वाचनको दुई दिन अघि आज बुधबार निर्वाचन आयोगले परिचय खुल्ने कुनैपनि कागजातबाट मतदान गर्न पाइने सूचना जारी गरेको छ।
यही वैशाख ३० गते शुक्रबार देशभरका स्थानीय तहमा हुन लागेको निर्वाचनमा आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचय खुल्ने कुनैपनि कागजात साथ लिएर गई मतदान गर्न पाउने आयोगले बताएको हो।
मतदानका बेला प्रयोग गरिने परिचय पत्रमा भएको विवरण भने नामावलीमा भएको विवरणसँग मिल्नुपर्ने आयोगले जनाएको छ।
विज्ञप्तिः

२०७९ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








