परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने -निर्वाचन आयोग

काठमाडौँ । स्थानीय तह निर्वाचनको दुई दिन अघि आज बुधबार निर्वाचन आयोगले परिचय खुल्ने कुनैपनि कागजातबाट मतदान गर्न पाइने सूचना जारी गरेको छ।

यही वैशाख ३० गते शुक्रबार देशभरका स्थानीय तहमा हुन लागेको निर्वाचनमा आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचय खुल्ने कुनैपनि कागजात साथ लिएर गई मतदान गर्न पाउने आयोगले बताएको हो।

मतदानका बेला प्रयोग गरिने परिचय पत्रमा भएको विवरण भने नामावलीमा भएको विवरणसँग मिल्नुपर्ने आयोगले जनाएको छ।

विज्ञप्तिः
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *