पोखरामा आकस्मिक प्रदूषण परीक्षण: अधिकांश सवारी प्रदूषण मापदण्डमा फेल

काठमाडौँ । पोखरा महानगरपालिका–८ न्युरोड क्षेत्रमा चल्ने सवारी साधनमा आकस्मिक रूपमा प्रदूषण परीक्षण गरिएको छ ।

आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले प्रदूषण परीक्षण गरेको हो ।

परीक्षणको क्रममा अधिकांश सवारी साधन प्रदूषण परीक्षणमा फेल भएका छन् । टोलीले प्रदूषण मापन गर्ने उपकरणसहित सडकमै सवारीसाधनको परीक्षण गरेको थियो ।

४० वटा सवारीसाधनमध्ये २२ वटाले तोकिएको मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरेको भेटिएको हो ।

पोखरा नगरक्षेत्रमा सञ्चालन हुने सिटी बससहित डिजेल इन्जिनबाट चल्ने अन्य सवारीसाधनको परीक्षण गरिएको थियो । सो क्रममा आधाभन्दा बढी सवारीसाधनले स्वीकृत मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरेको भेटिएपछि सबै सवारीलाई आवश्यक कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र तोकिएको प्रदूषण मापदण्डको पालना गर्न चालक तथा व्यवसायीलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =