सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुमवासी परिवारसँगको छलफलमा उनले सुकुमवासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताए ।

‘तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ’, गृहमन्त्री गुरुङले भने ‘यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो ।’

सुकुमवासी/भूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =