गायिका समीक्षा अधिकारी भन्छिन्, ‘तिम्रो लागि आफै हार्न सक्छु’

काठमाडौँ । गायिका समीक्षा अधिकारीले करिब दुई महिनापछि सामाजिक सञ्जालमा भावुक स्टाटस पोस्ट गरेकी छन्।

लामो समयपछि गायिका अधिकारीले आफ्नो भेरिफाइड फेसबुक अकाउन्टमा काव्यिक शैलीमा मार्मिक स्टाटस लेखेकी हुन्। स्टाटसमा उनले आफूले माया गरेको व्यक्तिका लागि आफैलाई मार्न सक्ने र उसका लागि आफू स्वयं हार्न पनि सक्ने भन्ने भाव पोखेकी छन्।

उनले लेखेकी छन्, ‘

“तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु”

स्टाटसको साथमा उनले भावुक मुद्राको आफ्नै तस्बिरसमेत सेयर गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *