आजदेखि ‘पल्पसा क्याफे’ थिएटरमा; स्वस्तिमाको ठाउँमा सृष्टि देखिँदै

काठमाडौँ । उपन्यासकार नारायण वाग्लेको उपन्यासमा ‘पल्पसा क्याफे’मा आधारित सोही नामको नाटक मण्डला थिएटरमा आजदेखि प्रदर्शन हुँदैछ।

नाटकको निर्देशन  विमल सुवेदीले गरेका छन् भने उनलाई सह निर्देशनमा दिलीप रानाभाटले साथ दिएका छन्। त्यस्तै, नाटककी अह्म पात्र ‘पल्पसा’को भूमिका नेपाली चलचित्रकी सर्वाधिक लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्काले निभाउने भनिएको भएपनि  स्वस्तिमाको कार्यव्यस्तताका कारण सो भूमिकामा अभिनेत्री सृष्टि श्रेष्ठ देखिने भएकी हुन्। त्यस्तै, नाटकका प्रमुख पात्र ‘सिद्धार्थ’को भूमिकामा दिपेश राई देखिएका छन्। उपन्यासमा भने प्रमुख पात्रमा  ‘दृश्य’लाई देखाइएको छ जसले एक चित्रकारको भूमिका निर्वाह गरेका छन्।

आज शुक्रबार वैशाख ९ गतेदेखि प्रदर्शनमा आएको यस नाटकमा दिपेश राई र सृष्टि श्रेष्ठसँगै विमल सुवेदी, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, चक्र पुलामीलगायतका कलाकारको अभिनय देख्न पाइन्छ। आगामी २५ गतेसम्म थापागाउँ, बानेश्वरस्थित मण्डला थिएटरमा हरेक साँझ ५ बजे नाटक मञ्चन हुनेछ।

नाटकको आधार-कृति उप्यास पल्पसा क्याफेका लागि उपन्यासकार नारायण वाग्लेलाई वि. सं. २०६१ सालको मदन पुरस्कारसमेत प्राप्त भएको थियो। लेखक वाग्लेको ‘पल्पसा क्याफे’बाहेक ‘मयुर टाइमस’ नामक उपन्याससमेत प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *