‘तीनपाते’को सफलतापछि ‘घुमी घुमी’ले कमाउँदै लोकप्रियता

काठमाडौँ । यसअघि ‘तीनपाते’ गीतको अपार सफलतापछि गीतकार हर्क साउदकै शब्द र गायक सुजन चापागाईंको आवाजमा नयाँ गीत ‘घुमीघुमी’ सार्वजनिक भएको दुई हप्ता नहुँदै लोकप्रिय बन्न पुगेको छ।

म्युजिक भिडियोसहित सार्वजनिक भएको १० दिनमै ‘घुमीघुमी’ १.८ मिलियनपटक हेरिएको छ। गीतकार हर्क साउदको शब्दमा गायक सुजन चापागाईं र गायिका शान्ति श्री परियारले आवाज दिएका छन् भने म्युजिक भिडियोमा भक्तेका रूपमा विपिन कार्की र सरुका रूपमा अञ्जना बराइलीले अभिनय गरेका छन्।

लोक भाका टिपेर संगीत भरिएको गीतको भिडियोमा दर्शकहरूले गाउँको वातावरणमा पात्र ‘भक्ते’ले पात्र ‘सरु’लाई भक्तिकै स्तरमा गरेको निस्वार्थ प्रेम देखाइएको छ। भक्ते र सरुबीच प्रेम झांगिदै गएको सरुका बुवाले बुझेपछि सरुका परिवार बसाइँ सरेर जान्छ। तर भक्ते भने सरुलाई नै पर्खिँदै सरुका परिवारले छोडेर गएको घरको स्याहार-श्रृंगार गरेर बस्छ। र अन्तिममा भने उनीहरूको मिलन भएको देखाइएको छ।

लोक भाकामा बुनिएको गीतमा मीठो प्रेमकथा देखाइएको हुँदा समग्र म्युजिक भिडियो मार्मिक र सिर्जनात्मक बनेको छ। गीतको संगीत संयोजन गंगा थापाले गरेकी हुन् भने बाँसुरीवादनमा स्वर्णिम महर्जन, मादलमा शम्भु बानियाँ, सारंगीमा प्रिन्स नेपाली, गीतार, ढ्याङ्ग्रो र यलम्बरमा गंगा थापाको योगदान रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *