प्रचण्ड भन्छन्:

‘एमालेका इमान्दार साथीहरू खराब नेतृत्वकाे बन्दी बनेर बसेका छन्’ (भिडिओसहित)

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका ८० प्रतिशत नेताहरू सच्चा कम्युनिष्ट रहेकाे तर, उनीहरू गलत नेतृत्वकाे बन्दी भएर बसेकाे बताएका छन् । माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रमलाई बिहीबार काठमाडाैँमा सम्बाेधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् । ‘एमालेका करिब ८० प्रतिशत नेता साथीहरू इमान्दार नै लाग्छन् मलाई,’ उनले भनेका छन्, ‘हामीले ३ वर्ष सँगै बसेर हेर्दाखेरि ती साथीहरू नेतृत्वकाे बन्दी बनेर बसेका रहेछन् । प्रतिक्रियावादीकाे बन्दी बसेर बसेका छन् ।’

प्रचण्डले माओवादी नफुटेकाे भए नेकपा पनि नफुट्ने बताए । ‘बैठकमा ८/१० जना छाडेर एमालेका सबै नेता अबको नेता प्रचण्ड हो भन्नेमा पुगे त्यसपछि ठूलो षड्यन्त्र शुरू भयो । तपाईं नै हो नेता भन्न थाले मलाई’, प्रचण्डले भने, ‘अहिले एमालेका नेता भन्छन्- केही समय छाडेको भए प्रचण्डले पार्टी खाइदिन्थ्यो नि । परार एमालेसँग एकता गर्दा हामी नफुटेका थियाैँ भने ६०/४० हैन हामी ६० हुन्थ्यौँ । समाजवादतिर लान सजिलो हुन्थ्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *