तेक्वान्दो छोरीहरूलाई बढी सिकाउनुपर्छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो देशभर बिस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा तेक्वान्दै धेरै नै लोकप्रिय बनिरहेको बताए ।

उनले तेक्वान्दोलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए । उनले तेक्वान्दो छोरीहरूलाई बढी भन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरू कम हुने बताए ।

उनले खेलले शरीरलाई स्वस्थ बनाउने बताए । उनले जिल्ला, पालिकाहरूमा पनि तेक्वान्दो बिस्तार गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ । नेपालमा लोकप्रिय हुँदै गइरहेको छ । यसलाई हामीले अझै बिस्तार गर्नुपर्छ । आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै यसलाई बिस्तार गर्नुपर्छ । समाजमा अझै पनि विकृतिहरू छन् ।

महिला हिंसाका घटनाहरू भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरूमा खास गरी महिलालाई, छोरीहरूलाई तेक्वान्दोको तालिम दिनुस् । त्यसले आत्मविश्वास बढ्छ । प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।’

अध्यक्ष नेपालले खेलले सामुहिकताको भावना बढाउने बताए । उनले खेलबाट अनशासित हुन, मेहनती हुन प्रेरित हुने बताए । उनले खेललाई प्रोत्साहन दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *