कांग्रेसले संसदमा सवथोक गर्दा हामीले बोल्न पनि पाएनौं : महेश बर्तौला (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आफूहरुले बोल्न नपाएको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दलका सांसदहरु पालैपालो बोलिरहेका भएपनि सत्ता पक्षका सांसदहरु भने बोल्न नपाएको उनको भनाई छ ।

‘कांग्रेसका माननीयज्यूहरुले त बोलिरहनु भएको छ । पालो फेरि फेरि सबैलाई पु¥याउनु भएको छ । बोलिरहनु भएको छ । हप्काउनु भएको छ’ उनले भने, ‘सबैथोक गरिरहनु भएको छ । आरोपित गर्नुभएको छ । तर हामीले पो बोल्न पाएका छैनौँ । त्यसकारण हामी छिटोभन्दा छिटो यो हाउस खुलोस् ।’

उनले काँग्रेस सांसदहरुले सभामुखप्रति धारे हात लगाएर नाराबाजी गर्ने गरेर अशिष्ट र अशोभनीय शैली अपनाएको बताए । उनले छिटोभन्दा छिटो संसद खुल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *