निर्वाचन आचारसंहिता लागू गर्दै आयोग, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू गर्दैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरूलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो ।

निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आचारसंहिताको एक बुँदामा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो ।

आयोगले सामाजिक सञ्जालदेखि उम्मेदवार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ । आचारसंहिता लागेपछि सरकारले सरुवा बढुवालगायत निर्णय गर्न पाउने छैन ।

आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारले स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न वर्जित हुन्छ । यसैगरी योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *