इलाम-२

सुहाङको मत १० हजार नाघ्यो, ३३ सयको अग्रता

काठमाडौं । इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार सुहाङले १० हजार ४ सय १९ मत प्राप्त गरेका हुन् ।

दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ६२ मत प्राप्त गरेका छन् । उनी सुहाङभन्दा ३ हजार ३ सय ५७ मतले पछाडि छन् ।

पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ५ हजार ७ सय ६१ मतसहित तेस्रो स्थानमा रहेका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बू १ हजार ४ सय ४३ मत ल्याए । एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई १ सय ५८ ल्याएका छन् ।

इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए जसमध्ये ६९हजार २ सय ८७ मत खसेको थियो । जसमध्ये २४ हजार ७ सय ३८ मत गणना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *