सुहाङले ८ हजार ८ सय मत कटाउँदा नेकपा एसका जीतबहादुरले पाए २४० मत

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ८ सय ५४ मत गनिसक्दा एमालेको सुहाङ नेम्वाङ ८ हजार ८ सय ९८ मतसहित अगाडि छन् ।

उनलाई कांग्रेसका डम्बर खड्काले ६ हजार २ सय ८० मतले पछ्याइरहेका छन् । उनीहरुबीच २ हजार ६ सय १८ मतको फरक छ । पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ४ हवार ६ सय ३४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १ हजार ३ सय ५ मत ल्याएका छन् ।

एकीकृत समाजवादीका जितबहादुर राईले २ सय ४० मत पाएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले २ सय ९ र जनमतका प्रेमकुमार थाम्सुहाङले ५४ मत पाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *