इलाम-२

२५ हजार गणना हुँदा ‘घण्टी’ले पायो १४ सय मत

काठमाडौं । इलाम-२ मा २५ हजार मत गणना गरिसकिएको छ । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको यस क्षेत्रमा ६९हजार २ सय ८७ मत खसेको थियो । जसमध्ये २५ हजार ७१२ मत गणना गरिसकिएको हो ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित्ने अपेक्षा गरेको पार्टीलाई निरासाजनक मत आएको छ । युवा मिलन योङहाङ लिम्बूले अपेक्षित मत प्राप्त गर्न नसकिरहेका बेला आफ्नै वडामा पनि कमजोर देखिएका छन् ।

मिलनले माङसेबुङबाट राम्रो मत जम्मा हुने अपेक्षा गरेका थिए तर, उनकै वडामा सय मत कटाउन सकेनन् । उनी माङसेबुङ गाउँपालिका वडा नम्बर २ का मतदाता समेत हुन् । सो वडाको अन्तिम गणनामा मिलनले ९६ मतमात्र प्राप्त गरेको हो ।

माङ्सेबुङ २ मा पनि एमालेका सुहाङ नेम्वाङले नै सर्वाधिक ५८६ मत पाएका छन् । दोस्रोमा कांग्रेसका डम्बर खड्काको ३५१ र पहिचानवादी डकेन्द्र थेगिमको ३१७ मत आएको थियो । मिलनकै वडामा सुहाङले २३५ मतले कांग्रेसलाई लिड गरे ।

पछिल्लो नतिजाअनुसार एमालेका सुहाङ नेम्बाङले १० हजार ४१९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६२ मत ल्याए । दुबैबीच ३ हजार ३५७ मतान्तर रहेको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १ हजार ४५१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *