‍एमसीसी टेबल गर्दै सरकारका प्रवक्ताले भने, सार्वभौमिकतामा सम्झौता हुँदैन

काठमाडौँ । सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेस गरेको छ ।

आइतबारको बैठकमा सम्झौतासम्बन्धि प्रस्ताव पेश गर्दै सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चार प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपालको संविधानको सर्वोच्चता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति र कुनै सैन्य संगठनमा आबद्ध नहुने प्रतिबद्धतासहित एमसीसीको सहयोग लिन लागिएको भन्दै देशको सार्वभौमिकतामा सम्झौता नगरिने स्पष्ट पारे ।

अहिलेको सरकार अघिल्ला सरकारहरूको अविच्छिन्न उत्तराधिकार रहेको भन्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा दर्ता गराएको सम्झौता अनुमोदनका लागि पेस गरेको उनले स्मरण गराए ।

प्रतिनिधिसभामा एमसीसीको विपक्षमा सांसदहरूको नाराबाजीकै बीच मन्त्री कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । उनले एमसीसी परियोजनाबाट अनुदानमा पाइने रकम विद्युत प्रसारण लाईन र सडक निर्माणमा खर्च हुने समेत स्मरण गराए । यो देशको हितमा भएकाले पारित गर्नुपर्ने प्रस्ताव पनि मन्त्री कार्कीले गरे ।

अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने भनिएपनि मन्त्री शर्मा संसद बैठकमा उपस्थित नभएपछि मन्त्री कार्कीले प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *