मानवअधिकार आयाेगले मन्त्रीलाई भन्याे, उत्तेजना फैलाउने अभिव्यक्ति नदोहोर्‍याउनू

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयाेगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई उत्तेजना फैलाउने अभिव्यक्ति नदोहोर्‍याउन निर्देशन दिएकाे छ ।

आयोगले बिहीवार मन्त्री रेणुकुमारी यादवलाई बोलाएर छलफल गर्दै यस्ता अभिव्यक्ति नदोहोर्‍याउन भनेकाे हाे ।

छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगर र सदस्यहरूले मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालको र उत्तेजनापूर्ण अभिव्यक्ति दिनु गलत हुने बताएका थिए ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार आयोगका अध्यक्ष र सदस्यहरुले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने भन्दै भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्‍याउन मन्त्री यादवलाई निर्देशन दिएका हुन् ।

गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।

मन्त्री यादवको आपत्तिजनक अभिव्यक्ति : सीके राउतलाई भनिन्- ‘गौर घटना दोहोरिन सक्छ, होस गर्नू’

मन्त्री यादवको बचाउ गर्दै जसपाले भन्यो- सीके राउतका कार्यकर्तालाई नियन्त्रणमा लिइयोस्

मेरो वक्तव्य कसैप्रति लक्षित थिएन : मन्त्री यादव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *