मन्त्री यादवको बचाउ गर्दै जसपाले भन्यो- सीके राउतका कार्यकर्तालाई नियन्त्रणमा लिइयोस्

काठमाडाैँ । हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको जनता समाजवादी पार्टी (जसपा) नेपालले बचाउ गरेको छ । मन्त्री यादवको चौतर्फी आलोचना भएकाले पदबाट राजीनामा दिनुपर्ने दबाब बढेपछि जसपाले शनिवार एक विज्ञप्ति जारी गर्दै उनको बचाउ गरेको हो ।

जसपाले मन्त्री यादवको प्रमुख आतिथ्यतामा रौतहटमा आयोजित ‘बलिदानी दिवस’ को कार्यक्रमलाई जनमत पार्टीका नेता कार्यकर्ताले कार्यक्रमलाई बिथोल्ने, आतंक मच्चाउने र हिंसा भड्काउने क्रियाकलापमा संलग्न रहेको भनेको छ ।

याे पनि 
मन्त्री यादवको आपत्तिजनक अभिव्यक्ति : सीके राउतलाई भनिन्- ‘गौर घटना दोहोरिन सक्छ, होस गर्नू’

‘रौतहटमा आयोजित ‘बलिदानी दिवस’ को कार्यक्रमलाई जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू सुनियोजित ढंगबाट लाठी, भाँटा, ढुंगा आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने, आतंक मच्याउने र हिंसा भड्काउनेजस्ता गैर–राजनीतिक एवम् आपराधिक क्रियाकलापमा संलग्न थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त पार्टीद्वारा गराइएका यस्ता उद्दण्ड, गैर–राजनीतिक, उच्छृङ्खल, अभद्र, अशोभनीय र आपराधिक कार्यको जसपा नेपाल घोर विरोध एवम् भर्त्सना गर्दछ ।’

साथै जसपाले यस्ता आपराधिक कार्य नगर्न सचेत पनि गराएको छ । यस्तै जसपाले अमर्यादित क्रियाकलाप नियन्त्रण गर्न सरकारसँग आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *