आँखा अस्पतालमा बिरामी बढे
२०८३ साउन ३ गते

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै यहाँस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् ।
यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए । अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार उपचारका निम्ति आउनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् ।
सिरहा, महोत्तरी र सिन्धुलीलगायत जिल्लाका बिरामी अस्पताल आउने गरेका छन् । भारतको विहार राज्यबाट पनि बिरामी आउने गरेका छन् ।
२०८३ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








