मन्त्री यादवको आपत्तिजनक अभिव्यक्ति : सीके राउतलाई भनिन्- ‘गौर घटना दोहोरिन सक्छ, होस गर्नू’

काठमाडौँ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवले आपत्तिजनक र हिंसात्मक अभिव्यक्ति दिएकी छन् । रौतहटको गौरमा बुधबार ‘बलिदानी दिवस’ को अवसरमा भएको कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई तोकेरै गौर घटना दाेहाेरिन सक्ने भएकाले सचेत रहन चेतावनी दिएकी हुन् । मन्त्री यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) की नेतृ पनि हुन् ।

हिन्दी भाषामा सम्बाेधन गरेकी मन्त्री यादवले राउतलाई गौर घटना भएको राइस मिलमा फेरि त्यस्तै घटना हुनसक्ने भन्दै सचेत रहन चेतावनी दिएकी हुन् । ‘गौर नरसंहारको इतिहास राइस मिल जीवित छ,’ मन्त्री यादवले भनिन्, ‘गौरमा फँणा देखाउने प्रयास गानगर । लाठी भाँच्न गौरका मानिसले जानेका छन्, तुफानसँग टक्कर गर्ने प्रयास नगर । तुफानसँग टक्कर लिने प्रयास गरेमा त्यही हुन्छ, जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहासलाई राउतले नभूलून् । नत्र तपाईंको कार्यकर्ता मारिन्छन् र तपाईंलाई पनि घेराबन्दी गरेर मारिदिन्छन् । होस गर्नुस्, हत्या हुनसक्छ ।’

यसअघि कार्यक्रमस्थलतर्फ जाँदै गर्दा मन्त्री यादवलाई सीके राउतका कार्यकर्ताले नाराजुलुश गरेका थिए । सुरक्षा घेरामा कार्यक्रम स्थल पुगेकी मन्त्री यादवले सभालाई सम्बोधनका क्रममा सीके राउतप्रति हिंसात्मक अभिव्यक्ति दिएकी हुन् ।

०६३ चैत ७ गते गौरको राइस मिलमा तत्कालीन माओवादी समर्थित मधेशी राष्ट्रिय मुक्ति मोर्चा र मधेशी जनाधिकार फोरमका कार्यकर्ताबीच झपड हुँदा २७ जनाको ज्यान गएको थियो । उक्त घटनालाई गौर नरसंहारका रुपमा चिनिन्छ ।

(भिडियो श्रोत डा. सीके राउतको सचिवालय)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *