मेरो वक्तव्य कसैप्रति लक्षित थिएन : मन्त्री यादव

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभएको बताएकी छन् । साेमबार विज्ञप्ति जारी गर्दै उनले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गरेकी छन् । यसलाई सामान्य रूपमा लिन अनुरोध गर्दै उनले आफू आगामी दिनमा यसप्रति सचेत रहने बताएकी हुन् ।

मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेर उनले आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको बताएकी छन् । वक्तव्यलाई अतिरञ्जित नगर्न पनि उनले विज्ञप्तिमार्फत अनुरोध गरेकी छन् ।

मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहुति दिने वीर सहिदको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेलाई ‘बलिदानी दिवस’ का रूपमा मनाउँदै आएको मन्त्री यादवले बताइन्। जनता समाजवादी पार्टीको भात सङ्गठन समाजवादी युवा सङ्घले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

सो सभामा दिइएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन भएको उनको भनाइ छ । शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढङ्गले अपव्याख्या गरेको उनले उल्लेख गरेकी छन् ।

सम्बन्धित समाचार

मन्त्री यादवको आपत्तिजनक अभिव्यक्ति : सीके राउतलाई भनिन्- ‘गौर घटना दोहोरिन सक्छ, होस गर्नू’

मन्त्री यादवको बचाउ गर्दै जसपाले भन्यो- सीके राउतका कार्यकर्तालाई नियन्त्रणमा लिइयोस्

धम्कीपूर्ण अभिव्यक्ति दिने मन्त्रीबारे कांग्रेस महामन्त्रीले दिए तीन विकल्प

मन्त्रीको आपत्तिजनक अभिव्यक्तिमा सरकार किन मौन ?

नरसंहारको धम्कीले मन्त्री संकटमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *